• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

वम विष्फोटका घाइते सिंहप्रसादको निधन

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । शुक्रबार ललितपुरमा भएको वम विष्फोटका घाइते सिंहप्रसाद गुरुङको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको थियो । 

उनी बाग्लुङका हुन् । वम विष्फोटमा परी घाइते प्रतिक्षा खड्का र उरुषा मानन्धरको उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्यमा क्रमश सुधार आइरहेको बताइएको छ । 

शुक्रबार साँझ ललितपुरको नक्खुमा एनसेल गेट अगाडि भएको वम विष्फोटमा उनीहरु परेका थिए । 

शुक्रबार नै एनसेलका विभिन्न जिल्लामा रहेका टावरमा आक्रमण भएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस