• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

विदेशबाट फर्किएका बाग्‍लुङका युवा अ‌ाइसाेलेशनमा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । विदेशबाट फर्किएका बाग्लुङका एक युवालाई ज्वराे अ‌ाएकाे छ ।  

ती युवामा ज्वरो देखिएपछि बाग्लुङ अस्पतालमा आइसोलेशनमा राख्न भनिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । ती युवा कोरोना संक्रमण पुष्टि भएकी युवतीसँग फ्रान्सबाट आएका हुन होइनन् भन्नेबारे भने उनले खुलाएनन्  ।

सनराइज खबरसँग कुरा गर्दै उनले भने – ‘बाग्लुङका ती युवामा ज्वरो देखिएपछि उनलाई अस्पतालमा अ‌ाइशाेलेसनमा राख्न त्यहाँका सांसद् र स्थानीय जनप्रतिनिधिलाई अनुराेध गरेका छाैं ।’

गत चैत्र ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएपछि उनीसँगै आएका व्यक्तिको खोजी भइरहेको छ ।  ती युवतीकाे शुक्रराज सरुवा राेग अस्पताल टेकुमा उपचार भइरहेकाे छ ।

विदेशबाट आएका र ज्वरो देखिएका सबैलाई आइसोलेशनमा राखिएको समेत उनले जानकारी दिए । प्रवक्ता श्रेष्ठले रुघाखोकी लाग्दैमा कोरोना लागेकाे नठान्न र नआत्तिन आग्रह गरे ।
 

प्रतिकृया दिनुहोस