• १८ असोज २०८३, आइतबार
  • Sunday,04 October,2026

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा परिवारको जिम्मा लगाइए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता


काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ।

शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको हो।

अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति जबरालाई निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई कार्यालयमा लगिएको थियो।

जबरालाई भेट्न मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय पुगे पनि प्रहरीले भेट गर्न अनुमति दिएन। आयोगको टोली करिब ४५ मिनेट गेटमा पर्खिएपछि जबरालाई भेट्न नपाई फर्किएको थियो।

जबरालाई पक्राउ गर्नुपर्नाको कारणबारे सरकारले हालसम्म औपचारिक रूपमा स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।

 

प्रतिकृया दिनुहोस
↑