• १८ असोज २०८३, आइतबार
  • Sunday,04 October,2026

नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ अक्टोबर १० मा हुने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं  ।  नेपालमा प्रोफेसनल कम्ब्याट स्पोर्ट्स (मार्सल आर्ट्स) लाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ नेपालकै उत्कृष्ट मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ (Fusion Fight Chapter I) आयोजना हुने भएको छ।आगामी अक्टोबर १० तारिख (२०२६) मा काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (LOD) मा यो प्रतियोगिता हुन लागेको हो।


आयोजकका अनुसार यस प्रतियोगितामा विशुद्ध मुवाथाई (Muay Thai) नियमअन्तर्गत कूल ११ वटा रोमान्चक बाउट (भिडन्त) हरू हुनेछन्। जसमा नेपालका २२ जना उत्कृष्ट (Elite) फाइटरहरूले रिङमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको मुख्य आकर्षण (मेन इभेन्ट) का रूपमा सुष्मा चौधरी र रजिना विष्टबीचको भिडन्त तय गरिएको छ।


मार्सल आर्ट्सका दर्शकहरूलाई उच्च स्तरीय उत्पादन (Production) र खेलको अनुभव दिलाउन एलओडी (LOD) मा विशेष रिङ र लाइटिङको व्यवस्था गरिने आयोजकले जनाएको छ।
यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण (Live Broadcast) कान्तिपुर म्याक्स एचडी (Kantipur Max HD) र डिजिटल ओटिटी (OTT) प्लेटफर्म म्याक्स अन (Max Onn) मार्फत हुनेछ। कार्यक्रमलाई प्रत्यक्ष रूपमा उपस्थित भएर हेर्न चाहने दर्शकहरूले इसेवा (eSewa) मार्फत टिकट खरिद गर्न सक्नेछन्।

विगतका कम्ब्याट स्पोर्ट्स इभेन्टहरूभन्दा यसलाई अझै व्यावसायिक र परिष्कृत रूपमा प्रस्तुत गर्न लागिएको आयोजकको दाबी छ।

प्रतिकृया दिनुहोस
↑