• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

७–८ वर्षदेखि पोल र ट्रान्सफर्मर मात्रै, घरमा अझै पुगेन बिजुली

समाचार

समाचार

सल्यान । बनगाड–कुपिण्डे नगरपालिका–७ अन्तर्गत सङ्ग्रही, रम्चाउना र गैरिकटेरीलगायतका विभिन्न टोल–बस्तीमा विद्युत्का पोल, तार तथा ट्रान्सफर्मर जडान भएको ७–८ वर्ष बितिसक्दा पनि स्थानीयका घरमा विद्युत् सेवा सञ्चालन हुन सकेको छैन।

पोल गाडिएको, तार तानिएको र ट्रान्सफर्मर जडान भएको लामो समय भइसक्दा पनि बिजुली नबल्दा स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन्।

विद्युत् सेवा सञ्चालन हुन नसक्नुको कारण र जिम्मेवार निकायबारे स्थानीय अन्योलमा छन्।

स्थानीय तह तथा सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदा पनि ठोस पहल नभएको गुनासो छ। यसै विषयमा वडा नं. ७, सङ्ग्रहीका प्रकाश बस्नेतले जापानबाट नेपाल सरकारको ‘हेलो सरकार’मा गुनासो दर्ता गराएका छन्।

उनले समस्या तत्काल समाधान गरी निर्माण भएका विद्युत् संरचना प्रयोगमा ल्याउन र स्थानीयका घरमा यथाशीघ्र बिजुली पुर्‍याउन माग गरेका छन्। “पोल गाडिएको वर्षौँ भयो, ट्रान्सफर्मर राखिएको वर्षौँ भयो—अब जनताको घरमा उज्यालो कहिले बल्छ?” भन्दै बस्नेतले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिकृया दिनुहोस