Nepali

सरकार

परराष्ट्र मन्त्री आर्जु राणा देउवा आज भारत जाँदै

sunrisekhabar

काठमाडौं । परराष्ट्र मन्त्री आर्जु राणा देउवा पाँच दिने भारत भ्रमणका लागि आज त्यस तर्फ जाँदै हुनुहुन्छ । 

परराष्ट्र मन्त्रालयका अनुसार राणा आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ । 

भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा उहाँ भारत जान लाग्नु भएको हो । भ्रमणका क्रममा उहाँले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । 

भेटमा दुई देशबिचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्री राणा नयाँ दिल्ली आउन लागेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबिच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ । 

 

Your Comment
Your Vote