• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

नेफ्स्कूनको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित 

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । 

मतदान प्रक्रियामा उहाँले १ हजार १ सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको हो । अर्का प्रत्याशी परितोष पौड्यालले १ हजार १९ मत प्राप्त गर्नुभएको छ । गए राति सम्पन्न मतदानमा कूल २ हजार ६ सय ३३ मतदातामध्ये २ हजार २ सय मतदाताले मतदान गरेका थिए ।

यसै गरी वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी , कोषाध्यक्षमा दीपक थापा  निर्वाचित हुनुभएको छ । उहाँहरू सबै मतदान प्रक्रियाबाट निर्वाचित हुनुभएको हो । 

सञ्चालकमा महिला कोटाबाट सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी गिरी निर्वाचित हुनुभएको छ । त्यस्तै अन्य सदस्यमा लक्ष्मी सापकोटा (कोशी), शोभाकुमारी राउत (मधेश), खेमराज सुवेदी (वाग्मती), गोपालप्रसाद गौतम (गण्डकी), ज्ञानु पौड्याल (लुम्बिनी), वीरबहादुर राउत भोट (कर्णाली), दीप्ति शाही (सुदूरपश्चिम) विजयी हुनुभएको छ । 

यसै गरी सञ्चालक खुल्लामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल निर्वाचित हुनुभएको छ । लेखा सुपरिवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योति पौडेल, हेमराज विष्ट र दुर्गा तिवारी सञ्जेल निर्वाचित हुनुभएको छ । 

 

प्रतिकृया दिनुहोस