ट्रिप्परले लियाे १८ महिने बालककाे ज्यान
भक्तपुर । डेढ वर्षीय बालकको मिनी ट्रिप्परकाे ठक्करबाट निधन भएको छ ।
चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका ईश्वर मोक्तानका १८ महिने छाेरा शिशिर मोक्तानको निधन भएकाे हाे ।
इँट्टाभट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको ट्रिप्परले ठक्कर दिँदा घाइते शिशिरको मध्यपुर अस्पताल ठिमी लैजाँदै गर्दा निधन भएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
सर्लाही जिरायलका स्थानीय हुन् ईश्वर । प्रहरीले ट्रिप्पर र चालक श्याम फैजुलाई नियन्त्रणमा लिएकाे छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस