• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सर्लाहीमा आफैँलाई गोली हान्दा एकजना सशस्त्र प्रहरी घाइते

खबर स‌ंवाददाता

सर्लाही । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल  नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आनन्द मिश्रा आफैंले बोकेको एसएलआरबाट  घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिएका छन् । 

 सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र  घटनामा अनुसन्धान भइरहेको उनले बताए। 
– रासस
 

प्रतिकृया दिनुहोस