• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अर्का एक सांसद्लाई बलात्कार प्रयासकाे अ‌ाराेप, प्रदेश सांसद अक्कल गिरफ्तार

सनराइज खबर संवाददाता

काठमाडौं । बलात्कार प्रयासको अभियोगमा अर्का एक सांसद् पक्राउ परेका छन् । तर उनी केन्द्रका नभएर प्रदेशका सांसद् हुन् । सुदुरपश्चिमप्रदेश सांसद अक्कल रावल बलात्कार प्रयासकाे अभियाेगमा पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई नियन्त्रणमा लिएको पुष्टि सनराइज खबरसँग गरेकाे छ ।  

बुधवार प्रहरी कार्यालमा आफैं हाजिर भएका रावललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदिप गिरीले सनराइज खबरलाई जानकारी दिए । 

 उनी नेकपाबाट अछाम–२ ख बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।  धनगढी उपमहानगरपालिका–४ की एक महिलाले रावल विरुद्ध बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएकी थिइन् । त्यही कारण उनी पक्राउ परेका हुन् ।

प्रेम सम्बन्ध टुटेपछि महिलाले बलात्कारकाे अ‌ाराेप लगाउने चलन बढेकाे बेला रावल पक्राउ परेका हुन् । ती महिलालाई रावलले वास्तवमै बलात्कार प्रयास गरेका हुन् कि प्रेम सम्बन्धपछिकाे असमझदारी हाे भन्ने अहिलेसम्म प्रष्ट भएकाे छैन । 
 

प्रतिकृया दिनुहोस