• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पूर्व डिआईजी तथा साहित्यकार महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दा 

सनराइज खबर संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन पूर्वडिआईजी (समादेशक) महेशविक्रम शाह सहित चार जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पूर्वडिआईजी शाहसहित नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु र हवल्दार केशव सिंह विरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरुसँग मिलेर पूर्वडिआईजी शाहले आफू प्रहरी केन्द्रको प्रमुख हुँदा जवानहरुको नाममा आएको तलव तथा भत्ता हिनामिना गरेको अभियाेग आयोगले लगाएको छ । 

अन्यत्र सरुवा भइसकेका दुई सय ४५ जना जवानहरुको नामकाे  ३३ लाख ३८ हजार रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आयोगले जनाएको छ । 

यसैगरी आयोगले उनीहरुलाई कागजी  प्रक्रियामा सहयोग पुर्‍राउने सिन्धुलीस्थित कोष तथा नियन्त्रक कार्यालयका तत्कालीन लेखापाल सन्जिव बिशुंखेले विरुद्ध पनि मुद्दा दायर गरेको छ । 
 
आयोगले उनीहरुलाई २५ लाख देखि ५० लाख रुपैयाँसम्म जरिवाना र चारदेखि ६ वर्षसम्म कैद सजाय गर्न माग गरेको छ । पूर्व पूर्वडिआईजी शाहकाे नेपाली साहित्यिक फाँटका चर्चित नाम हुन् । उनकाे कृति 'छापामारकाे छाेरा' कथा संग्रहलाई ०६३ सालमा मदन पुरस्कार दिइएकाे थियाे ।

प्रतिकृया दिनुहोस