• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सडकको बजेटमा इलामका इन्जिनियरले गरे भ्रष्टाचार

सनराइज खबर संवाददाता

काठमाडौं । पछिल्लो समय भ्रष्टाचारका मुद्दामा इन्जिनियरहरु धेरै संख्यामा तानिन थालेका छन् । 

आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामका एक इन्जिनियर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका इन्जिनियर सुवास बस्नेत विरुद्ध मुद्दा दायर गरेको हो ।

ग्रावेलको काम गर्दा विल भुक्तानी गरिदिन्छु भन्दै ठेकेदारसँग घूस मागेको अभियोगमा आयोगले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । 

सुवासले आफू कार्यालय प्रमुख हुँदा काम गरिदिए वापत सुवासले ठेकेदारलाई अझै थप काम मिलाइदिन्छु भन्दै पटक पटक घूस लिने गरेका थिए ।

सुवासले पटकपटक गरी ३७ लाख ५० हजार रुपैयाँ घूस लिएको आयोगले जनाएको छ । 

प्रतिकृया दिनुहोस