• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

भैंसेपाटी प्रभागका इन्सपेक्टर परिसर तानिए

सनराइज खबर संवाददाता

काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको इन्चार्जका रुपमा कार्यरत इन्सपेक्टर देवीप्रसाद पौडेल तानिएका छन् । 

उनलाई  प्रहरी परिसर लतिलपुरमा तानिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) श्यामलाल ज्ञवालीले जानकारी दिए ।  

भैंसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको घर घेर्न पुगेकी हेमा श्रेष्ठलाई बच्चा बोकेको अवस्थामा इन्सपेक्टर पौडेलले लाठी हानेका थिए । 

हेमालाई लाठी हानेको घटना अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत एसपी दुर्गा सिंहको नेतृत्वमा छानविन समिति बनाइएको छ । 

भैंसेपाटी प्रभागकाे इन्चार्जमा इन्सपेक्टर सुजित ओझालाई पठाइएको छ । 


 

प्रतिकृया दिनुहोस