• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

महोत्तरीमा ६१ वर्षीय वृद्धमाथि गोली प्रहार 

सनराइज खबर संवाददाता

महोत्तरी । ६१ वर्षीय वृद्धमाथि महोत्तरीमा गोली प्रहार भएकाे छ । 

मनरासिसवा नगरपालिका–३ बस्ने सहदेवप्रसाद यादवलाई अज्ञात समूहले गोली हानेको महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिए । 

आइतबार बिहान २ बजे शौच गर्न निस्केको बेला अज्ञात समूहले उनलाई गोली हानेर भागेका थिए । सहदेवको शरीरमा दुई राउण्ड गोली लागेको छ । 

यादवकाे जानकी हेल्थ केयर अस्पतालमा उनको उपचार भइरहेकाे छ । उनकाे अवस्था खतरामुक्त रहेको डिएसपी बुढाथोकीले बताए । 

घटनास्थलबाट प्रहरीले दुईवटा गोलीका खोका र एक राउण्ड चाईनिज पेस्तोलमा लाग्ने गोली बरामद गरेको छ । यसबारे थप अनुसधान थालिएकाे उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस