• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

विप्लवका दुई कार्यकर्ता भक्तपुरबाट पक्राउ 

सनराइज खबर संवाददाता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटेको टोलीले भक्तपुरका पूर्व जिल्ला सेक्रेटरी कुशल बोगटी र बुद्धिलाल पुनलाई पक्राउ गरेको  हाे।

कालिकोटको रुक्सा गाउँपालिका घर भएका बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका घर भएका बुद्धिलाल यसअघि पनि पक्राउ परेर छुटेकाे  डिएसपी दिपक गिरीले जानकारी दिए । 

प्रतिबन्धित गतिविधिमा संलग्न उनीहरुलाई सार्वजनिक अपराध मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरिएको डिएसपी गिरीले सनराइज खबरलाई बताए । 

बोगटीले यसअघि मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ माथि सांघातिक आक्रमण गरेका थिए । त्यतिवेला उनी विप्लव समूहको भक्तपुर जिल्ला सेक्रेटरी थिए । 

प्रतिकृया दिनुहोस