• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

लागू औषध ‘कोरेक्स’ सहित दुईजना पक्राउ 

सनराइज खबर संवाददाता

काठमाडौं । झाेलाभरी अ‌ाैषधीकाे बाेतल बाेकेर हिँडेका थिए मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित ज्यामिरेमा दुईजना युवा । उनीहरु माेटरसाइकलमा थिए । ती बाेतल जीवन दिने अ‌ाैषधीका रुपमा नभएर ज्यान लिने लागू पदार्थका रुपमा उनीहरुले बाेकेर हिँडेका थिए । 

ती बाेतल थिए 'कोरेक्स’ काे । वास्तवमा काेरेक्स खाेकीकाे अ‌ाैषधी हाे तर दुर्ब्यसनीहरुले लागू अ‌ाैषधका रुपमा खाने गरेका छन् । भारतमा उत्पादन हुने काेरेक्स नेपालमा भने प्रतिवन्धित छ । ती काेरेक्स सहित ती युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी–७ घर भएका कुमार माेक्तान उर्फ बिकाश र श्यामबहादुर तामाङ उर्फ रोशन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना १४ प ६२२३ नम्बको मोटरसाईकल रोकेर चेकजाँच गर्दा प्रहरीले उनीहरुको साथबाट ७३ बोत्तल कोरेक्स फेला पारेको हो । 

दुईटा झोलामा कोरेक्स बोकेर हिँडेका उनीहरुलाई लागू औषध नियन्त्रण ऐन अनुसार एकदेखि १० बर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ । 

प्रतिकृया दिनुहोस