• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

‘बलात्कार आरोपी राज्यमन्त्रीका सल्लाहकार होइनन्’ रे !

सनराइज खबर संवाददाता

काठमाडौं । एक किशोरीलाई अपहरण गरेर चार दिन बलात्कार गरेको आरोप लागेको छ अमृतकुमार घलेलाई । उनले टोखा स्थित आफ्नो फ्ल्याटमा ती किशोरीलाई लगेर राखेका थिए ।

आरोपित अमृत घले शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सल्लाहकार भएको समाचार सनराइज खबरबाट सार्वजनिक भइसकेको छ । तर, राज्यमन्त्री रामवीरको सचिवालयले अमृत सल्लाहकार नै नभएको दावी गरेको छ । 

चितवन घर भएका घलेले किशोरीलाई आफू राज्यमन्त्रीको आर्थिक मामिला सल्लाहकार भएको भन्दै प्रलोभन देखाएको दावी गरिएको छ ।  

तर, सनराइजखबरमा सो समाचार प्रकाशित भएपछि अमृत घले राज्यमन्त्री मानन्धरको सचिवालयले मन्त्रीको सल्लाहकार नै नरहेको दावी गरेको हो । 

१ फागुनमा प्रहरीले टोखास्थित फ्ल्याटबाट किशोरीलाई उद्धार गरेर अमृतलाई पक्रेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंलाई पनि मन्त्रालयले अमृत सल्लाहकार नभएको पत्र पठाएको छ । 

'मन्त्रालयबाट उनी कुनै पनि सल्लाहकार नभएको जानकारी प्राप्त भएको छ’ काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले सनराइज खबरलाई भने । 

घलेलाई प्रहरीले हिरासतमा राखेर अपहरण तथा बालात्कार मुद्धामा अनुन्धान गरिरहेको छ । 

याे पनि पढाैं -

राज्यमन्त्रीका सल्लाहकारले किशोरीलाई बन्धक बनाएर गरे बलात्कार

प्रतिकृया दिनुहोस