• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कैलाली कारागारमा कैदीबन्दीबीच झडप: एकको निधन, ४७ घाइते

सनराइज खबर संवाददाता

धनगढी ।  कैलाली जिल्ला कारागारमा कैदीबन्दीहरूबीच भएको झडपमा एक जनाको ज्यान गएको छ भने ४७ जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–५ स्थित कैलाली कारागारमा बिहीबार राति कैदीबन्दीहरूबीच भएको झडपका क्रममा भरत चौधरीको निधन भएको हो। चौधरीको घटनास्थलमै निधन भएको जनाइएको छ।

झडपमा घाइते भएका ४७ जना कैदीबन्दीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

 घटनापछि कारागार परिसरमा सुरक्षा सतर्कता बढाइएको छ।

प्रतिकृया दिनुहोस