अस्वाभाविक दुर्घटना- एउटा ट्रकले ११ सवारीलाई ठक्कर दियो, एककाे ज्यान गयाे
काठमाडौं । कलंकी चोकमा सोमबार राति भएको अस्वाभाविक दुर्घटनामा ज्यान गुमाउने शमशेर गुरुङ चितवन टाँडिका वासिन्दा भएको पहिचान भएको छ । उनी ३३ वर्षका थिए ।
अनियन्त्रित गतिमा आएको ना ६ ख २८७१ नम्बरको मालबाहक ट्रक ओरालोमा सवारी साधनहरुलाई ठक्कर दिँदै अगाडि बढेको थियो । सो ट्रकले ११ वटा मोटर र मोटरसाइकललाई ठक्कर दिएको थियो । शमशेर गुरुङको घटनास्थलमै ज्यान गएको थियो । अर्का एक सवारी चालक मोटरमा च्यापिएका थिए, उनको निकै कठिन तरिकाले उद्दार गरिएको थियो ।
.jpg)
ट्रक चालक पक्राउ परेका छन् । उनी सर्लाहीको बहरथवाका विरेन साह भएको बताइएको छ । चालकले ब्रेक फेल भएर दुर्घटना भएको बताए पनि प्रहरीले यो अविश्वशनीय दुर्घटनाको विस्तृत छानविन गर्ने भएको छ ।
.jpg)
राति साढे सात बजेतिर सो दुर्घटना भएको थियो । दुर्घटनामा सात जना घाइते भएका छन् ।
घाइते राजु कार्की थाहा नगरपालिका ८ मकवानपुरका हुन् । बा १३ च १२८४ मा सवार राहुल बुढाथोकी रोल्पा त्रिवेणी गाउँपालिका ७ का हुन् भने जितबहादुर गुरुङ गोरखा आरुघाटका हुन् । मिना तामाङ ट्याक्सीमा सवार थिइन्, उनी नुवाकोटकी हुन् । अर्का घाइते गणेशबहादुर खत्री दोलखा भिमेश्वरका हुन् ।
.jpg)


प्रतिकृया दिनुहोस