• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

मोटरसाइकलको एयर फिल्टरमा लुकाइ ल्याइएको १८ लाख सशस्त्र प्रहरी बलद्वारा बरामद

समाचार


वीरगञ्ज  । सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध रूपमा चोरीपैठारी गरेर ल्याउँदै गरेको स्रोत नखुलेको रु १८ लाख नेपाली रकम बरामद गरेको छ । 

    सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट बिआर ०५ एट ०४७५ नम्बरको मोटरसाइकलको एयर फिल्टर बक्समा लुकाइछिपाइ अवैध रूपमा ल्याएको सो रकम बरामद गरेको हो । 

    सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले सो कार्यमा संलग्न वीरगञ्ज–२ छपकैयाका राहुलकुमार तिवारीसहित मोटरसाइकललाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जानकारी दिनुभयो । 

    सशस्त्र प्रहरीले आजै भन्सार गेट नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको ना४७प ९७१० नम्बरको मोटरसाइकलमा सवार बाराका प्रसौनी गाउँपालिका–२ का कौशलकुमार गुप्तालाई पक्राउ गरेको छ । 

    शरीरको विभिन्न भागमा लुकाइछिपाइ अवैध रूपमा चोरीपैठारी गरेर ल्याउँदै गरेको रु पाँच लाख नेपाली रकमसहित निजलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सिंहले उल्लेख गर्नुभयो ।

प्रतिकृया दिनुहोस