• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

विदेश पठाउने लोभ देखाएर बलात्कार 

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा ‘विदेश पठाईदिन्छु’ भन्दै लोभ्याएर झापा घर भएका एक पुरुषले बलात्कार गरेका छन् । 

झापाको गाैरीगंज घर भई हाल हात्तिगौंडा बस्ने ३३ वर्षीय विशाल संग्रौलाले २६ वर्षीय महिलालाई बलात्कार गरेको महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले  जनाएको छ । 

प्रहरीले बलात्कारमा संलग्न बिशाललाई बुधवार पक्राउ गरेको छ । बिशालले ति महिलालाई विदेश पठाईदिन्छु भन्दै फकाएर हात्तिगौडास्थित आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रतिकृया दिनुहोस