• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

कोटेश्वरमा सवारी दुर्घटना, एकको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । 

बिहान ६ः ३५ बजे बा प्र ३ ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१–०२६ च २९२७ नम्बरको भ्यान र बा प्र ०२–०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट आएको बसले ठक्कर दिएको थियो । 

दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षकी नगिना तामाङको ज्यान गएको छ । मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएका प्रहरीले जनाएको छ । 

बसका चालक इलामको सूर्योदय नगरपालिका–५ का ५९ वर्षीय रामकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

प्रतिकृया दिनुहोस