• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

रौतहटमा कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु–छोरीको ज्यान गयो

सनराइज खबर संवाददाता

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा कार र मोटरसाइकल एकआपस ठोक्किँदा बाबु–छोरीको ज्यान गएको छ । 

आइतबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिम लच्का नजिक कार र मोटरसाइकल एकआपस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा गरूडा नगरपालिका–२,गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम सहनी र उहाँकी छोरी ४० वर्षीया उनकी उर्मिला देवी रहेका छन् । 

हेटौडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरूको उपचारको क्रममा ज्यान गएको हो । 

कार र कार चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका–१२ का ४३ वर्षीय कुमार पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

प्रतिकृया दिनुहोस