चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको निधन
चितवन । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवनका ३५ वर्षीय रामप्रसाद दुवाडीको निधन भएको छ ।
सोमबार राती भरतपुर महानगरपालिका–१५ फुलबारीमा भएको सो दुर्घटनामा रामप्रसाद घाइते भएका थिए । उपचारको क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फुलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा१क ६२५५ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना७प १९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।


प्रतिकृया दिनुहोस