• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

सप्तकोसीमा नुहाउने क्रममा दुईजना बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौं । सप्तकोशीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । 

सुनसरीको इटहरी–१६ बालग्राम निवासी ४० वर्षीय नवराज बास्तोला र १६ वर्षीय जेनिस आचार्य कोशीमा नुहाउने क्रममा बेपत्ता भएका हुन । बेपत्ता हुने भाञ्जा र मामा हुन् । 

सोमबार बिहान वराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि भाञ्जालाई बचाउने क्रममा मामा नवराज बास्तोला पनि बेपत्ता भएका प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी पकली, सशस्त्र प्रहरी इनरुवा, स्थानीय लगायतको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस