• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कालिकोटमा ट्याक्टर दुर्घटना, ४ जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । कालिकोटमा ट्याक्टर दुर्घटना परि ४ जनाको ज्यान गएको छ । 

पलाँता गाउँपालिका–९ थिर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न लगायतका सामाग्री सामान लिएर जाँदै गरेको ट्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गए राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालिकोटले जनाएको छ ।

दुर्घटना परि ज्यान गुमाउनेमा चालक मुगु खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोटको पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी २५ वर्षीय अम्बा शाही छन् । उनीहरूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

 ट्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको छ । शवहरू सडकभन्दा करिब २ सय मिटर तल भेटिएको थियो । 

 

प्रतिकृया दिनुहोस