• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

करेन्ट लागेर एक जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको खाँडोदेवी गाउँपालिकामा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । 

शनिबार साँझ खाँडादेवी गाउँपालिका–४ को रजगाउँ स्थित तामाकोसीको बगरमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा रामेछापकै लिखु तामाकोसी गाउँपालिका–५ का अन्दाजी २२ वर्षीय मणिराज तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता विश्वनाथ यादवका अनुसार करेन्ट लागेर तामाङको घटनास्थलमा नै ज्यान गएको हाे । ‘टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो, मृतकको शव पोस्टमार्टम लागि मन्थली अस्पतालमा राखिएको छ’, यादवले भन्नुभयाे।

 

 

 

प्रतिकृया दिनुहोस