• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

हुम्लामा स्काभेटर दुर्घटना, दुई जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–२ लोतीमा स्काभेटर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

२०३–००१ क ९७५ को स्काभेटर सडकबाट करिब एक सय मिटर तल खस्दा चंखेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामीको ज्यान गएको हो । 

दुर्घटनामा परेका स्काभेटर चालकको अवस्था सामान्य रहेको र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनास्थल मिमी प्रहरी चौकीदेखि करिब एक घण्टा र मेल्छाम प्रहरी चौकीदेखि करिब ३० मिनेटको दुरीमा रहेको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस