• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

जिल्ला प्रहरी कार्यालय रामेछापमा योग ध्यान शिविर

सनराइज खबर संवाददाता

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको प्राविधिक सहयोगमा योग ध्यान शिविर सञ्चालन गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालय रामेछापको परिसर शनिबार बिहान सो शिविर सञ्चालन गरिएको हो । प्रहरी कर्मचारीहरूलाई शारीरिक तथा मानसिक रूपमा स्फूर्त बनाई सकारात्मक सोचका साथ काममा उत्प्रेरित बनाउने उद्देश्यले शिविर आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । 

शिविरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापकी प्रमुख डा. पुनम नेपालले विभिन्न किसिमका योग अभ्यासका साथै ध्यानको अभ्यास गराउनुभएको थियो ।

प्रतिकृया दिनुहोस