• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

माटोको ढिस्काले पुरिएर एकैघरका दुईजनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । माटोको ढिस्कोले पुरिँदा अछाममा एकैघरका दुई जनाको ज्यान गएको छ । 

मङ्गलसेन नगरपालिका–८ सुतुडाका देउरानी जेठानीको  मङ्गलसेन नगरपालिका –९ पान्लिभिडमा घर लिपपोतका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा उहाँहरूको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ज्यान गुमाउनेमा २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी विनीता बोहराको ज्यान गएको हो । 

सोमबार दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएका प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस