बेनीघाटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको निधन
धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको निधन भएको छ ।
काठमाडौंतर्फ जाँदै गरेको बीआर०६जिडी ८६७१ नंको भारतीय ट्रकले काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बुकाे मुक्ली नगरपालिका–१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै निधन भएको हाे ।
दुर्घटनामा परेर स्कुटर पछाडि सवार काभ्रेका सनिष थापा घाइते भएका छन् । थापाकाे काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचार भइरहेकाे छ ।
दुर्घटनालगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ ।


प्रतिकृया दिनुहोस