प्रहरीलाई ८० हजार घुस दिन खोज्दा पक्राउ
काठमाडौं । प्रहरीलाई ८० हजार रुपैयाँ घुस दिन खोज्ने एक व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत जनसेवामा चोरी मुद्दा मिलाइदिन भन्दै ८० हजार घुस दिने सुरेन्द्र मण्डललाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए । सर्लाहीका मण्डलले मंगलबार मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षकलाई घुस दिएका थिए । अपराध महाशाखा र जनसेवा प्रहरीले उनले दिएको ८० हजार नगद बरामद गरेको छ ।
प्रहरीलाई प्रभावमा पार्न खोजेको कसूरमा उनलाई आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने डीएसपी बोगटीले बताए ।
सुरेन्द्र न्यूरोड क्षेत्रका पसलबाट महिलाको भित्री कपडा चोरेकाे अभियाेगमा सोमबार पक्राउ परेका थिए । सिसिटिभी फुटेजमा चोरीमा संलग्न रहेको खुलेपछि पक्राउ परेका उनले म्याद नथप्ने प्रयोजनका लागि प्रहरीलाई घुस दिएका थिए ।


प्रतिकृया दिनुहोस