• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

मुना कार्कीकाे निधनकाे कारण ‘स्ट्रांगुलेसन’

सनराइज खबर संवाददाता

काठमाडौं । पूर्व सचिव अर्जुनकुमार कार्कीकी पत्नि मुनाको घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ । 

ललितपुर महानगरपालिका–२ सानेपास्थित घरमा अचेत अवस्थामा फेला परेपछि उनलाई स्टार अस्पतालमा लगिएको थियो । सोमबार बिहान अस्ताल पुर्‍याउनासाथ डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए । 

अस्पतालले उनको पोष्टमार्टम रिपोर्ट लिखित रुपमा प्रहरीलाई दिइसकेको छैन । तर, पोष्टमार्टममा संलग्‍न चिकित्सकहरुले उनको स्ट्रांगुलेसन अर्थात् (घाँटी थिचिएको कारण) मृत्यु भएको बताएका छन् । 

हत्या अनुसन्धानमा संलग्‍न एक प्रहरी अधिकृतका अनुसार उनको ‘म्यासिभ हेड इन्जुरी’ देखिएको छ । म्यासिभ हेड इन्जुरी देखिएपनि मृत्युको मुख्य कारण चाँही ‘स्ट्रांगुलेसन’ बाट भएको पुष्टि भएको छ । 

मुनाको हत्यापछि आत्महत्या गरेका सहयोगी विजय चौधरीको ‘ह्‍यांगिङ’ अर्थात झुण्डिएर मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । 

विजयको पाटन अस्पतालमा पोष्टमार्टम हुँदै छ । पोष्टमार्टमको लिखित रिपोर्ट तयार भएको छैन, तर चिकित्सकहरुले अनुसन्धानमा संलग्‍न प्रहरी कर्मचारीलाई झुण्डिएर चौधरीको मृत्यु भएको बताएको अनुसन्धानमा संलग्‍न एक अधिकृतले सनराइज खबरलाई जानकारी दिए । 

प्रतिकृया दिनुहोस