• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अर्जुन कार्कीकाे घरबाट लगियाे विजय चाैधरीकाे शव

सनराइज खबर संवाददाता

काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीको घरमा पासो लागेर मरेका उनका कामदार विजय चौधरीको शव शल्य परीक्षणका लागि लगिएको छ ।

आज बिहान १० देखि ११ बजेका बीच २२ वर्षीय विजय पासो लागेर मरेको अवस्थामा भेटिएका थिए भने अर्जुनकी पत्नी भान्सामा रक्ताम्य र अचेत अवस्थामा भेटिएकी थिइन् । 

भान्सामा बस्ने पिरा फुटेको अवस्थामा पाइएको प्रहरीले बताएको छ । सोही पिराले मुनाको टाउकोमा हानेर हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । छरछिमेकीले पनि मुना कराएको आवाज सुनेको बताएका छन् । 

स्टार अस्पताल पुर्याइएकी पत्नी मुना अस्पतालले मृत घोषित गरिसकेको छ । 

मृत विजय चौधरीको शव शल्य परीक्षणका लागि पाटन अस्पताल पुर्याइएको छ । 
 

प्रतिकृया दिनुहोस