कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो
काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा अर्का एक जना घाइते छन् । वाणगङ्गा नगरपालिका–११ को भित्री सडक खण्डमा गएराति १०ः३० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा युपी ५५ एएच ७०९० नम्बरको मोटरसाइकलमा चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारु रहेका छन् ।
उनीहरूको अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस