• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेपाल प्रहरीका ५ एसएसपीको सरुवा, ललितपुरमा अधिकारी, विमानस्थलमा राठौर

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरुवा भएकाे छ ।

गृहमन्त्री स्तरीय निर्णयबाट उनीहरुकाे काज सरुवा गरेकाे हाे । एसएसपी सोमेन्द्र सिंह राठौरकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सरुवा भएकाे छ । राठौर राष्ट्रिय सुरक्षा परिषद्‍मा कार्यरत हुनुहुन्थ्याे ।

एसएसपी श्याकृष्ण अधिकारी जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा भएकाे छ । यसअघि उहाँ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्थ्याे ।

ललितपुर परिसरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ । रानीपोखरीमा कार्यरत एसएसपी विनोद घिमिरे उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा सरुवा हुनुभएकाे छ ।

अपराध अनुसन्धान विभागमा कार्यरत एसएसपी भूपेन्द्र खत्रीकाे भरतपुर तालिम शिक्षालयमा सरुवा भएकाे छ ।

प्रतिकृया दिनुहोस