• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सेवानिवृत्त भएका नेपाल प्रहरीका ४ एआईजी र २ डीआईजीको बिदाई

खबर स‌ंवाददाता

काठमाडौं । नेपाल प्रहरी सेवाबाट सेवानिवृत्त भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिदाइ गरिएकाे छ ।

प्रहरी प्रधान कार्यालयमा मंगलबार आयाेजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुनुभएका एआईजी किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा डीआईजीहरु विकास राज खनाल र डा.देउती गुरूङलाई बिदाइ गर्नुभएको हाे । 

बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनुभएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठनप्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारीताको उच्च प्रशंसा गर्नुभयो ।

उहाँले सेवानिवृत्त हुनुभएका प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङलाई मायाको चिनो प्रदान गर्नुभयो ।  

कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङले आ-आफ्नो सेवा अवधिमा गरेका विभिन्न कार्यहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको भन्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । 

विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य पुस १६ गते, विसं २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकाल मंसिर २८ गते, विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक केदार ढकाल मंसिर २२ गते र प्रहरी अतिरिक्त महानिरीक्षक भरत बहादुर बोहरा पुस १४ गते सेवानिवृत्त हुनु भएको हो ।

विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक विकास राज खनाल वैशाख ७ गते र विसं २०५१ पुस १५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक डा.देउती गुरूङ पुस १५ गते सेवानिवृत्त हुनु भएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस