काठमाडौंको किङस कलेजमा बमको शंका तर भेटियो फोहोरको झोला
काठमाडौंको किङस कलेजमा बमको शंका तर भेटियो फोहोरको झोला
काठमाडौं । घरायसी फोहोरले भरिएको एउटा झोलाका कारण काठमाडौंमा प्रहरी र सेनाले डेढ घन्टा जति अनावश्यक रुपमा व्यस्त बन्नुपर्यो ।
प्रहरीको कन्ट्रोल रुममा खबर आयो– किङस कलेज छेउमा शंकास्पद झोला देखिएको छ, पक्कै बम हुनुपर्छ । सर्वसाधारणबाट आएको यो खबरलाई प्रहरीले संवेदनशील रुपमा लियो । तत्कालै टोली परिचालन भयो भने नेपाली सेनालाई पनि खबर गरियो ।
झोला भेटिएको ठाउँमा सर्वसाधारणको भीड लागिसकेको थियो । प्रहरी र सेनाको टोलीले शंकास्पद वस्तु निरीक्षण गर्यो । त्यसपछि सेनाको टोलीले मेटल डिटेक्टर लगाएर जाँच गर्यो । झोलामा कुनै धातु नभएको पत्ता लाग्यो । अर्थात्, झोलामा बम थिएन ।
त्यसपछि ‘शंकास्पद वस्तु’ सेना र प्रहरीको टोलीले खोल्यो । त्यसमा बम नभएर घरायसी फोहोर भेटियो ।


प्रतिकृया दिनुहोस