• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

कर्णाली नदीमा डोजर सहित एकजना बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौं । कालिकोटको पचालझरना गाउँपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन् ।   

नदी तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन् । डोजर चालकलाई भने नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेका छन् । 

कालिकोट खाँडाचक नगरपालिका–८ का डोजर चालकको सकुशल उद्धार गरिएको र एक जना बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।  

बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस