जाजरकोटमा जीप दुर्घटना, ५ जनाको ज्यान गयाे
काठमाडाैं । जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाकाे ज्यान गएकाे छ ।
नलगाड नगरपालिका-३ को बिराखोला कैनाऔकट्के सडकखण्डमा ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा ५ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।
ज्यान गुमाउने नलगाड-३ का ३१ वर्षीय चालक इन्द्रजित थापा, सोही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोरा आलोचन रोका छन् ।
दुर्घटनामा घाइते भएका २१ वर्षीय जीवन विक र १९ वर्षीय जनक थापाको उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाबारे अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस