• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

बाजुरामा स्कार्पियो दुर्घटना, दुई जनाको ज्यान गयाे

खबर स‌ंवाददाता

बाजुरा । बाजुरामा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

सुदूरपश्चिम प्रदेश ०१-००१ च ४३१६ नम्बरको स्कार्पियो आइतरबार दिउँसाे सदरमुकाम मार्तडीमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे हाे ।

ज्यान गुमाउनेमा कञ्चनपुरकाे भीमदत्त नगरपालिका-१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा ज्यान गएकाे हाे ।

दुर्घटनामा गौमुल गाउँपालिका-४ का २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर-५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त-१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका प्रहरीले जनाएकाे छ । तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बडीमालिका नगरपालिका-८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा साे स्कार्पियाे दुर्घटना भएकाे र यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस