• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेपाल प्रहरीले खुलायो एकै पटक ११६५ प्रहरी जवानको भर्ना 

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल प्रहरीले एकै पटक १ हजार १ सय ६५ प्रहरी जवानको भर्ना खुलाएको छ ।  

नेपाल प्रहरीको मानव स्रोत विकास विभाग वृत्ति महाशाखाअन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार १ हजार १ सय ६५ प्रहरी जवान पदमा भर्ना खुल्ला गरेको हो ।  

त्यस्तै ४७  जना भान्छे र ११ कुचीकार पदमा पनि भर्ना खुलेको छ ।

दरखास्त फारम मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म दर्ता कार्यालयले जनाएको छ । 

दरखास्त फारम सबै प्रहरी तालिम केन्द्र तथा सबै जिल्ला प्रहरी कार्यालयबाट लिन र बुझाउन सकिने सूचनामा उल्लेख छ । 

प्रतिकृया दिनुहोस