रामेछापमा जिप दुर्घटनामा परि ज्यान गुमाउने चार जनाको पहिचान खुल्यो
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पूको सिमलडाँडा भिरमा फोर्स जिप दुर्घटनामा परि ज्यान गुमाएका मध्ये चार जनाको पहिचान खुलेको छ ।
शुक्रबार दिउँसो काठमाडौंबाट रामेछापको रस्नालु तर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको ज्यान गएकोमा एक जनाको अझै पहिचान खुल्न बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि काठमाडाैं पठाइएको छ ।
दुर्घटनामा परी रामेछापको गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको ज्यान गएको छ । त्यस्तै गोकुलगंगा ५ की ३० वर्षीया कविता कार्की खड्का र उहाँकी छोरी सात वर्षीया स्वस्तिका खड्काको पनि दुर्घटनामा ज्यान गएको छ । दुर्घटनामा परि गाडी चालक रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँ फोस्रे घर भएका ३५ वर्षीय हिराबहादुर कार्कीको समेत ज्यान गएको छ ।
दुर्घटनामा ज्यान गुमाएकी अर्की एक महिलाको पहिचान हुन सकेको छैन ।
दुर्घटना कास्कीको लेखनाथ नगरपालिका ४२ वर्षीय केशव शर्मा, रामेछापको गोकुलगंगा–४ बेतालीकी २७ वर्षीय सरस्वती कार्की र चार वर्ष जतिकी पहिचान नखुलेकी बालिका घाइते भएका छन् । घाइते मध्य बालिकाको अवस्था गम्भीर छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । गाडी सडकबाट ३ सय मिटर जति तल खरेको छ ।


प्रतिकृया दिनुहोस