• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

थर्काएर ज्यान लिन्छु भन्ने व्यक्ति दुर्गा प्रसाईंबाट परिचालित भएको सीआईबीको दाबी 

सनराइज खबर संवाददाता

काठमाडौं ।  बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको झापा मेचीनगर–१३ का हरिचन्द्र फुयल दुर्गा प्रसाईंबाट परिचालित भएको  सीआईबीले दाबी गरेको छ । 

भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा प्रहरीले उनलाई पक्राउ पक्राउ गरेको हो । 

केन्द्रीय अनुसन्धान ब्युरोको विज्ञप्तिमा भनिएको छ, ‘हरिचन्द्र फुयलले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईंको निर्देशनमा गरेको देखिन्छ ।’

फुयलले भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर विभिन्न व्यवसायीलाई दुर्गा प्रसाईसँग माफी माग्न भनेको र अन्यथा ज्यान समेत लिने धम्की दिई व्यवसायीलाई आतंकिन बनाएको  कुरा समेत विज्ञप्तिमा भनिएको छ । 

विभिन्न व्यक्तिलाई थर्काउने फुयल विरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान हुने भएको छ ।

विज्ञप्ति यस्तो छ :

 

 

प्रतिकृया दिनुहोस