• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

नारायणगढ-मुग्लिन सडकमा ट्रक दुर्घटना, २ जनाकाे ज्यान गयाे

खबर स‌ंवाददाता

काठमाडाैं । नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनकाे इच्छाकामना गाउँपालिका-६ नाैकिलाेमा ट्रक दुर्घटना हुँदा २ जनाको ज्यान गएकाे छ ।

नारायणगढबाट मुग्लिङतर्फ आइरहेको वाग्मती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आइतबार साँझ नौकिलोमा सडक किनारमा पल्टिँदा २ जनाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

ज्यान गुमाउनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ का ३८ वर्षीय श्याम बजगाईं र सोही ठाउँका ३१ वर्षीय दीपक दाहाल छन् ।उनीहरु दुवै जनालाई च्यापिएको अवस्थामा उद्धार गरेर भरतपुर अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनीहरुकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका २ जनाको चितवनमै उपचार भइरहेको र एक जना भने सकुशल रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस