• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सिन्धुलीको कमलामाई नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । सिन्धुली कमलामाई नगरपालिकामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

कमलामाई–९ इनारपानीस्थित मदन भण्डारी राजमार्गमा ना४७ प ६४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक २५ वर्षीय नारायण श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । 

भिमानबाट चन्दनपुरतर्फ जाँदै गरेको मोटरसाइकलका चालक श्रेष्ठ महोत्तरीको बर्दिबास नगरपालिका–२ हङकङडाँडाका भएको बुझिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

प्रतिकृया दिनुहोस