• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

चितवनमा स्कुल बस दुर्घटना, २८ जना घाइते

खबर स‌ंवाददाता

काठमाडाैं । चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना भएकाे छ ।

कालिका नगरपालिका-४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३-०११ क २६७७ नम्बरकाे बस शनिबार साँझ कालिका-९ द्रब्यटारमा दुर्घटना हुँदा २८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र १ शिक्षिका गरी २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइते सबैकाे चितवनमै उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

ब्रेक फेल भएर बस दुघर्टनामा परेको थियो ।

प्रतिकृया दिनुहोस