डडेल्धुरामा जीप दुर्घटना, दुई जनाको ज्यान गयाे
काठमाडाैं । डडेल्धुराको परशुराम नगरपालिका-९ नौलामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ ।
कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबूढातर्फ गइरहेको लु १ ज ४५७९ नम्बर को बोलेरो जीप मंगलबार दिउँसाे जीप परशुराम-९ स्थित लिप्नामा दुर्घटना हुँदा २ जनाकाे ज्यान गएकाे हाे ।
ज्यान गुमाउनेमा परशुराम-९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका-७ की ३८ वर्षीया धनादेवी बुढा रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ ।
दुर्घटनामा परी ९ जना घाइते भएका छन् । घाइते सबैकाे महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस