• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको गयाे ज्यान

समाचार

डोटी । शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ  डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको ज्यान गएको हो । दुर्घटनामा  घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ । ठक्कर दिने जीप र त्यसका चालककको खोजी भइरहेको छ ।

 

 

–रासस
 

प्रतिकृया दिनुहोस