चार केजी लागूऔषध ‘पोल्याण्ड’ सहित एक पक्राउ
काठमाडौं । नागार्जुन नगरपालिका–१० स्युचाटारबाट प्रहरीले लागूऔषध ‘पोल्याण्ड’ सहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–७ घर भएका रामबहादुर थापा छन् । महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरी टाेलीले उनलाई पक्राउ गरेको हो ।
रामबहादुरको डेराबाट चार केजी पोल्याण्ड बरामद गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
त्यस्तै, महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले नख्खुबाट लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका श्याम लामा र रामेछापका शरण योञ्जन छन् । उनीहरुको साथबाट ७८ ट्याब्लेट डाइजेल्याव बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस